images
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, कोशी सरकार र सरकार गठन मूख्य एजेण्डा

काठमाडौं ।  सत्ता गठबन्धनको बैठक अहिले केहीबेरमा बस्दैछ । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बस्न लागेको हो ।

बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुने बताइउको छ । बैठकमा कोशी प्रदेश सरकार गठन मुख्य एजेण्डा रहेको नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा हुने बताइएको छ । गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।

प्रदेश सभाको अंकगणित अस्पष्ट भएका कारण सरकार गठनमै अप्ठ्यारो पर्ने आकलनसहित काठमाडौं आएका कोशीका गठबन्धनका नेताहरूले आफ्ना शीर्ष नेताको निर्णय पर्खिंदैछन्।

कोशीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।