images
images

सत्ता गठबन्धन बैठकः काेशी र संघिय मन्त्रिपरिषद् हेरफेर प्रमुख विषय

काठमाडौं  । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

आजको बैठकमा कोशी प्रदेश सरकार गठन र केन्द्रमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालसँगै नेताहरु शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, राजेन्द्र पाण्डे, शरदसिंह भण्डारीलगायत छन् ।