images

यू–१९ महिला विश्वकप एसिया क्वालिफायर: यूएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

काठमाडौं– १९ वर्षमुनिको महिला विश्वकपका लागि जारी एसिया क्वालिफायरमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ।

टस जित्दै पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्र बनायो।

यो अन्तिम खेल हो। आज जित्नैपर्ने दबाब छ। रनरेटमा यूएई अघि भएका कारण नेपालले विश्वकपमा क्वालिफाइ हुनका लागि १६ दशमलव २ ओभरमा उक्त लक्ष्य भेट्टाउनुपर्ने छ।

युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।

५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।