काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाएको छ।
शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो।
अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलको भनाइ छ।
तर, महानगरले अतिक्रमित भनेर हटाएको संरचना आफूले अतिक्रमण गरेर नबनाएको रवीन्द्र श्रेष्ठले दाबी गरे। उनले भने, ‘त्यो अतिक्रमित संरचना होइन। त्यसको पुर्जा, नक्सा सबै मसँग छ।’
अतिक्रमित संरचना हटाउन खोज्दा सामाजिक अभियन्ता र मारवाडी समुदायहरुले विरोध जनाएका थिए।