मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ४४ स्थानमध्ये एक जिसस प्रमुखसहित १० स्थानमा उम्मेदवार सर्वसम्मत चयन भएको हो । बाँकी स्थानको उम्मेदवार टुंगिने क्रममा रहेको उनले बताए । कांग्रेसले ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडा अध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका ६ मा रामगोपाल वली, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदार, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्वु, सुनसरीको गढी गाउँपालिका ६ मा तेतर साहलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, ओखलढुंगा, जिसस प्रमुखमा टेकराज भट्टराई, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका–१२ मा सन्जिव काफ्ले र बेलका नगरपालिका–९ मा नवराज बस्नेत तथा गोरखाको गोरखा नगरपालिका ५ मा भाइकाजी आलेलाई अघि सारिएको छ ।
सोमबार (२ मंसिर)मा उम्मेदवारी मनोनयनको समय रहेपनि कांग्रेसले काठमाडौं उपत्यकासहित ३५४ स्थानका उम्मेदवार टुंगो लगाउन सकेको छैन ।