काठमाडौं – नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ । निगमको शुक्रबार बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौंमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ ।
निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको हाे ।