गाेरखा– गोरखा नगरपालिका-५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकी प्रदेशको एकमात्र क्षेत्रमा हुन लागेको निर्वाचनमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गोरखा-५ को वडाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसबाट भाइकाजी आले, एमालेबाट दुर्गामाया थापा राना, माओवादी केन्द्रबाट विष्णुबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबहादुर थाप र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कल्पना रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, उम्मेदवारी दर्ता गराउनेमा नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती, राप्रपा नेपालबाट रूपसिंह राना, नेकपा (एकीकृत समाजवादी)बाट खड्गबहादुर भुजेल, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङ छन् ।
२०७९ को निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका खिलबहादुर रानाको मृत्यु भएपछि उक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।