images
images

तेक्वान्दोमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक

काठमाडौँ । छैठौं ‘हिरोईज इन्टरनेश्नल तेक्वान्दो च्याम्पीएनसिप’मा नेपालले एक स्वर्ण र दुई रजत पदक जितेको छ ।

थाइल्याण्डको राजधानी ब्याङ्ककमा भएको प्रतियोगितामा विशाल कडेलले मास्टर्स समूहको पोम्साई विधामा स्वर्ण पदक जितेका हुन् । यस्तै उनले ८० केजी तौल समूहमा रजत पदक हात पारेका छन्

इन्टरनेश्नल मास्टर्स समूहको पोम्साई प्रतियोगितामा नेपाली खेलाडी विश्वास अर्यालले रजत पदक जितेका छन् । विशाल र विश्वासले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय पदकहरु हात पारिसकेका छन् ।