images

उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, निर्वाचन चिह्न पनि प्रदान गरिने

काठमाडौँ- यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रशासन आज हुने भएको छ। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले उम्मेदवारलाई नाम फिर्ता लिन बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिएको छ। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ।

आयोगले उम्मेदवारहरुलाई आजै निर्वाचन चिह्न पनि प्रदान गर्नेछ। दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।