धनगढी,६ मंसिर -गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताउनु भएकाे छ । उहाँले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे बताउनुभयाे ।
आज धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउनुभयाे । उहाँलेले भन्नुभयाे – दुईदलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्ताे छलफल भएकाे छैन । उहाँले २०८४ सम्म याे गठबन्धन कायम रहने बताउँदै अबकाे १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गर्नुभयाे ।
प्रधानमन्त्रीकाे चिन भ्रमणकाे बिषयलाई लिएर दुई दल बिच खटपट भएकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे बिषयलाई लिएर वेकामकाे हल्ला चलाईएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – एमाले र काँग्रेस बिच कुनै पनि बिषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाईरहेका छाै, २०८४ काे निर्वाचन सम्म सहज मिलेर जान्छाै ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जानू परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चिन कुन देश अगाढी जानू भयाे भन्ने बिषय सामान्य रहेकाे उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे – प्रधानमन्त्रीकाे चिन भ्रमणकाे मिति तय भैषकेकाे छ, चिन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ । सुरक्षा गाेष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गाेष्ठीमा प्रदेश सुरक्षाकाे समीक्षा गरिएकाे बताउनुभयाे । उहाँले अब नयाँ कार्ययाेजना सहित शान्त्ती सुरक्षा कायम हुने बताउनुभयाे।