एमाले ‘कागले कान लग्यो भनेर कागको पछि कुद्ने’ पार्टी होइन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै मान्छेहरुले धेरै प्रकारका हल्ला चलाए पनि नेकपा एमाले कागले कान लग्यो भनेर कागको पछि कुद्ने पार्टी नभएको बताएका छन्।

शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै पहिलो आफ्नो कान छ कि छैन् भनि थाहा पाउने पार्टी भएको हुन्।

प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताउँदै आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि दाबी गरे।