धितोपत्र बोर्डको अध्यक्षका दाबेदार तीन जनाको अन्तवार्ता आज

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तवार्ता आज हुने भएको छ ।

यसअघिको अन्तवार्ता तथा प्रस्तुतीकरणमा उपस्थित नभएका तीन जनाको आज बिहान अन्तवार्ता हुने भएको हो । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले आज बिहान ८ बजे अन्तवार्ता लिने जनाएको छ ।

समितिले सूचना जारी गर्दै कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई बोलाएको छ । तीन जनाको अन्तवार्ता आज ८ बजे सिंहदरबारको अर्थ मन्त्रालयमा हुनेछ । यसअघि सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तरवार्ता सकिएको छ । धितोपत्र बोर्डमा २०८० पुस २० गतेदेखि अध्यक्ष बिहीन छ ।