images
images

नेपाल उद्योग परिसंघ र श्रम मन्त्री भण्डारी र बीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी  भेटवार्ता गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताए । उनले कर्मचारीहरूको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्यनजर गरेर वृद्धि गरिनुपर्ने बताए ।

मन्त्री शरतसिंह भण्डारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छाया शर्मा सहभागी थिए ।