सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो

काठमाडौं, १० मंसिर – सुनको मूल्य सोमबार एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ ।

अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण तोलामा झन्डै १६ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न बज्राचार्यले बताए ।