images
images
images

सिटिइभिटी द्वारा १६ वटा शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय

काठमाडौं, १० मंसिर – चिकित्सा क्षेत्रका विभिन्न विषय अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले १६ वटा शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ।

चिकित्सा शिक्षा आयोगको १५औँ बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत विभिन्न विषय अध्यापनका लागि १६ वटा कलेजलाई सम्बन्धन दिँदै सिट निर्धारण गर्ने निर्णय गरेको हो।

आयोगका अध्यक्ष  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै सातवटा कलेजलाई आशय-पत्र प्रदान गर्ने निर्णयसमेत गरेको छ।

आयोग बैठकले सम्बन्धन र सिट निर्धारण गरेको  लागि ४३ वटा कलेजमध्ये १६ वटा कलेजमा नयाँ कार्यक्रमतर्फ रहेको छ भने २७ वटा कलेजमा थप कार्यक्रमतर्फ रहेको छ।

यसअघि आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिससम्बन्धी प्रस्ताव बैठक समक्ष पेश गरेको थियो ।