images
images

सरकारले बेहोर्ने भयो राष्ट्रपतिको उपचार खर्च ५५ लाख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च बापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ ।

उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत जानुभएको थियो । उहाँ १० दिनको उपचारपछि वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किनु भएको थियो ।

उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो ।

अर्थ मन्त्रालयले असार ११ गते स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति दिएको थियो ।