images

प्रधानमन्त्रीको घोषणा– अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिन मात्र काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागु हुने उनले बताएका हुन् ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले थोरै सेवा गरेकालाई सोही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने उल्लेख गरे । “यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ, केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नुपर्दछ,” उनले भने ।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका सबै युवालाई उक्त कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारले जनताको सुख र समृद्धिबाहेक अरू कुनै अभिष्ट नराखेको पनि उनले बताए । न्युज एजेन्सी नेपाल