images
images
images

त्रिभुवन विमानस्थलबाट ४ महिनामा सवा ५३ अर्बको वैदेशिक व्यापार

काठमाडौं, १२ मंसिर – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार महिना (साउन–कात्तिक) अवधिमा सवा ५३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ।

काठमाडौं विमानस्थलबाट ४० अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जुन कुल आयातको ७.९७ प्रतिशत हो। यस वर्ष पहिलो चौमासिकमा ५ खर्ब १३ अर्ब बराबर वैदेशिक व्यापार भएको छ।

यो विमानस्थलबाट चार महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ। तेस्रो मुलुकमा वस्तु निर्यात गर्न त्रिभुवन विमानस्थल बढी प्रयोगमा आउने गर्छ। कुल निर्यातमा काठमाडौं विमानस्थलको हिस्सा २३.४५ प्रतिशत छ।