images

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले सम्हाले आजबाट कार्यभार, यस्ताे छ पहिलाे निर्णय

राेकिएका आइपीओहरु धमाधम आउँछन्, आफ्नै भवनमा सेबोन हुन्छ

काठमाडाैँ, १२ मंसिर – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आजबाट कार्यभार सम्हालेका छन् । मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएसँगै उनले कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै लामो समयदेखि नेतृत्व अभाव हुँदा बाँकि रहेका काम पूरा गर्ने बताए ।

उनले भने,‘ गर्नुपर्ने काम धेरै छ, पुँजी बजारको दायरा बिस्तार गर्नुका साथैलगानिकर्ताको हितमा काम गर्छु ।’ त्यस्तै उनले देशको अर्थतन्त्रमा योगदान दिने गरि बजार विकास गर्ने र स्टकको लाईसेन्समा निर्देशन र सरकारले बनाएको कमिटिले दिएको सुझाव अनुसार काम गर्ने बताए । बाँकी  राेकिएका आइपीओहरु धमाधम आउँछन्, आफ्नै भवनमा सेबोन हुन्छ । उनले भने, ‘ भवन मेरो पहिलो प्राथमिकता हो ।’

श्रेष्ठलाई सोमबार बसेका मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुल्ला रुपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्याहरुलाई संस्थागत रुपमा सम्बोधन गर्ने विश्वास रहेको बताएका थिए । उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरुलाई चिर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा रहेको जनाए । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरुलाई अवसरका रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्ने बताए ।