images
images

रिभर्स रिपोमा मागभन्दा बढीको आवेदन

काठमाडौं । बजारको अधिकतरलता उठाउन नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको रिभर्स रिपोमा मागभन्दा बढीका लागि आवेदन परेको छ । केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल आह्वान गरेकोमा २८ अर्ब ८० करोड रुपैयांका लागि आवेदन परेको छ ।

मंगलवारको रिभर्स रिपोमा ११ ओटा बैंक तथा वित्तीय संस्थाले ६१ ओटा बोलकबोल पेश गरेका थिए । जसमा अधिकत ५ दशमलव ३७ प्रतिशत र न्यूनतम ४ दशमवल ४९ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ५ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम भएको छ ।

चालू आर्थिक वर्ष (आव) मा जारी भएको यो तेस्रो रिभर्स रिपो हो । चालू आवको माघमा ५ अर्बको रिभर्स रिपो जारी भएकोमा असारको ७ र १० गते गरी २३ अर्ब १० करोड रुपैयाँ बराबरको जारी भएको थियो।

मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो र रिभर्स रिपो जारी गर्ने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।