images

स्थानीय तह उपनिर्वाचन : आजदेखि निषेधित अवधि सुरु हुँदै

काठमाडौं, १२ मंसिर- मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको  निषेधित (मौन) अवधि आजबाट सुरु हुँदै छ ।

राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उमेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन । 

आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।