images

दुर्गा प्रसाईंबाट ‘परिचालित’ झापाका घ्यू व्यापारी पक्राउ, विष्णोइका नाममा धम्की दिने गरेको खुलासा

काठमाडौं, १४ मंसिर – व्यवसायी दुर्गा प्रसाईंसँग कनेक्सन रहेका झापाका एक युवालाई प्रहरीले सीमानाकाबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हरिचन्द्र फुयाँल नामका व्यक्तिलाई नेपाल(भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार फुयाँलले सीमापारी गएर नेपालका व्यापारीहरूलाई विस्नोइ ९भारतको आपराधिक गिरोह० को नाम लिँदै धम्क्याउने र पैसा असुल्ने प्रयास गर्थे । उनी दुर्गा प्रसाईंबाट परिचालित देखिएको बोगटीले बताए ।

‘दुर्गा प्रसाईंको निर्देशनमा काम गर्ने रहेछन् । पारीपट्टि जाने, ग्रुप बनाएर व्यापारीहरूलाई फोनबाट धम्की दिने, पैसा असुल्न खोज्ने गरेको पाइएको छ,’ उनले भने ।

केही व्यापारीहरूले भारतीय नम्बरबाट विस्नोइको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।

फुयाँल घ्यू व्यापारी हुन् । उनी इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गर्थे । उनलाई दुर्गा प्रसाईंले परिचालन गर्दै आएको बोगटीले बताए ।

फुयाँललाई आपराधिक लाभमा अनुसन्धानका लागि म्याद थप गर्न लागिएको छ ।