images

आचारसंहिता उल्लंघन गरेका ६ उमेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, १४ मंसिर – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको बताए ।

“६ जना उमेदवारले आचारसंहिता विपरीत काम गरिएको पाइयो । आयोगले बिहीबार नै स्पष्टीकरण सोधेको छ,” उनले बाह्रखरीसँग भने, “बाहिरका हकमा भने कुनै उजुरी अहिलेसम्म परेको छैन ।”

आयोगले निर्वाचन अचासंहिताको पालना भएरनभएको अनुगमनका लागि टोली गठन गरेको थियो । टोलीले अनुगमनबाट आचारसंहिता विपरीतका कार्य भएको देखिएको रिपोर्ट प्रस्तुत गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

कीर्तिपुर र काठमाडौं–१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै अनुगमन टोली खटाइयो
आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा ९माओवादी केन्द्र०का शिवशरण महर्जनलाई स्पष्टीकरण सोधेको छ ।

मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा ९एकीकृत०का मीनबहादुर मानन्धरलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

काठमाडौं–१६ कै अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका सम शाक्य र पशुपति काठायतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।