काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स्विरुद्ध दोस्रो विकेट लिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ८.२ ओभरमा अकिब इल्यासलाई गुमाएको हो । इल्यासले टिमको खातामा १५ रन थपे । इल्यासलाई मोहमद मोहसिनले एलबीडब्लुको धरापमा पारे ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स्विरुद्ध दोस्रो विकेट लिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ८.२ ओभरमा अकिब इल्यासलाई गुमाएको हो । इल्यासले टिमको खातामा १५ रन थपे । इल्यासलाई मोहमद मोहसिनले एलबीडब्लुको धरापमा पारे ।
जारी खेलको ९ ओभर समाप्त हुँदा विराटनगरले दुई विकेट गुमाएर ५५ रन बनाएको छ ।
विराटनगरबाट हाल क्रिजमा रहेका मार्टिन गप्टिल ३२ र निकोलस किर्टोन एक रनमा खेलिरहेका छन् । यसअघि विराटनगरले दोस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बमलाई गुमाएको थियो ।
जनकपुरका ललितनारायण राजवंशीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन् । योसँगै एनपीएलको इतिहासमै ललित पहिलो विकेट लिने खेलाडीसमेत बनेका छन् ।
आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।