यस्तो छ चीन भ्रमणमा जाने सरकारी टोली (सूचीसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणमा जाँदै छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसहित ४६ जना सरकारी प्रतिनिधि हुनेछन् । जसमा ओलीकी पत्नि राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, सांसदहरु अर्जुनरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, रेखा शर्मा, दीपक कार्की, रञ्जिता श्रेष्ठलगायत छन् । साथै, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल पनि छन् ।

यसबाहेक विभिन्न क्षेत्रका ३६ जना उद्योगी-व्यवसायी पनि चीन जानेछन् । जसमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायत छन् ।

यसबाहेक विभिन्न क्षेत्रका ३६ जना उद्योगी-व्यवसायी पनि चीन जानेछन् । जसमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायत छन् ।

ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । २० गते स्वदेश फर्किनेछन् ।