images
images

प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयो:सचेतक महेश बर्तौला

काठमाडौं । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ ।

बुधबार बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताउनुभएको हो ।

उहाँले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसाबले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गर्नुभयो ।

सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले संसदमा कडा ढंगले प्रस्तुत हुने पनि स्पष्ट पार्नुभयो ।