रविको आज पनि बयान

काठमाडौं,  १६ मंसिर – सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (आइतबार) पनि बयान लिइँदैछ ।

आज पनि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान लिन लागिएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको बयान शुक्रबार पनि लिइएको थियो ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।