images

पाँचौ विकेटका लागि २९ रनको साझेदारी गरेर आउट भए शंखर

काठमाडौँ – नेपाल प्रिमयर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा काठमाडौँले ६३ रन जोड्दा पाँचौ विकेटका रुपमा शंखर रानालाई १६ रनमा गुमाएको छ।

उनले १७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। राना र महर्जनबिच पाँचौ विकेटक लागि २९ रनको साझेदारी भएको हो। उनलाई चितवन राइनोजका अमर रौटेलाले आउट गरेका थिए। अहिले काठमाडौं १२ ओभरमा ६८ रनमा ५ विकेट गुमाएर खेलिरहेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ३४ रन जोड्दानै आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो। काठमाडौँका लागि माइकल लेभिटले २५ रन बनाउनु बाहेक अन्य खेलाडी भने पिचमा संघर्षरत देखिएका छन्।

चितवनका लाग सोहील तनविरले कसिलो बलिङ गरे। उनले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिइसकेका छन्। अर्को एक विकेट कुशल मल्लले लिएका थिए।

काठमाडौंका स्टेफन एसकिन्जा २ रनमा आउट भए। त्यस्तै गेर्हार्ड एरासमस ४ रनमा आउट हुँदा भिम सार्की पनि १ रनमा आउट भए। अहिले क्रिजमा सुमित महर्जनलाई साथ दिन रसिद खान मैदानमा आएका छन्।