images
images

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो: केपी शर्मा ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन्।

हालले प्रितम सिंहको किताब सार्वजनिक गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहजी धेरैपटक दिल्ली जानुभयो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

संसदबाट बाहिरिने क्रममा ओलीले दाहालको जवाफले नहुने उल्लेख गर्दै राजीनाम नै चाहिने बताएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक दिनुभएको छ। अब उहाँको जवाफ होइन, राजीनाम चाहियो।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी तीन दलले बुधबार संसद अवरोध गरेका छन्। एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै गरेको अवरोधका आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु भएको छैन।