काठमाडौँ- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीलाई ढंगा हानेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रृग्यास प्रहार गरेको छ ।
सहारा चितवन सहकारी संस्थाको रकमअपचलन प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार सरकारी वकिलको कार्यालयमा दोस्रो दिन वयान लिइँदैछ ।
मंगलबार उनलाई काठमाडौंबाट चितवन लगिएको थियो ।