images

त्रिविले गरेको नियुक्तिहरु खारेज गर्न लोकतान्त्रिक प्राध्यापक संघको माग

काठमाडौं, २० मंसिर – हालसालै त्रिभुवन विश्वविद्यालयले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुंठित हुनेगरी विभिन्न ठाउँहरुमा गरेको सह–परिक्षा नियन्त्रकको नियुक्ति प्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघका अध्यक्ष डा.उदयकिशोर तिवारीले विज्ञप्ति जारी गरी कथित रुपमा विश्वविद्यालयको समुचित विकाश तथा प्राज्ञिक उन्यनको लागि सम्पूर्ण नियुक्ति प्रकृयालाई पारदर्शि विश्वविद्यालय तथा विवाद रहित बनाउने उद्देश्यले ल्याएको विश्वविद्यालय पदाधिकारी नियुक्ति कार्यविधिको मर्म र भावनाको समेत वेवास्ता गरी वदनियत पूर्ण तरिकाले आफ्नो अनुकुल व्यक्तिहरुको छनौट समिति बनाईएको तथा पदाधिकारीहरु बिच आपसि दलिय रुपमा भागवण्डा गरी सबै नियुक्तिहरु गरिएको आरोप लगाएका छन् ।

‘यस प्रकार अनैतिक रुपले प्राज्ञिक मूल्य एवं मान्यताको मानमर्दन हुनेगरी कार्यविधिको भ्रम छरेर भित्र भित्रै गरिएको गैरकानूनी तथा असमावेशी नियुक्तिहरुलाई खारेज गरी नेपालको संविधान २०७२ ले अंगिकार गरेको समावेसी समानुपातिकको नीति अनुरुप सबै वर्ग, लिङ्ग, जाति तथा समुदायहरुको सम्मानजनक सहभागिता हुने गरी ४८ घण्टाको भित्रमा सम्पूर्ण नियुक्ति प्रकृया अगाडि बढाउनु हुन संघले जोडदार माँग गर्दछ ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

साथै सो अवधिभित्र यी सम्पूर्ण त्रुटीहरुलाई सच्चाई नियुक्ति नगरिए संघ संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।