images
images

बालुवाटारमा ७ दलको बैठक जारी

काठमाडाैँ- सत्तापक्षीय ७ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएकाे विवादित अभिव्यक्तिलाई लिएर बुधबार नेकपा एमालेलगायतका प्रतिपक्षी दलले संसद अवरुद्ध गरेपछि सत्ता गठबन्धनले आकस्मिक बैठक डाकेकाे हाे।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको सचिवालयले जनाएकाे छ।

बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन्।