images

आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको रविको बयान

काठमाडौं– पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा लगिएको बताएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा बयानका क्रममा यस्तो बताएका हुन् । उनले चितवनमा बयान हुँदा आफूलाई टाउको दुखिरहेको र डीएसपी/एसपीकै अगाडि औषधि खाएकाे उल्लेख गरेका छन् ।

चितवनमा बयान सकेर भोलिपल्ट बिहान लगिने भनिएकोमा राति नै उठाएर ल्याउने काम भयो,´ लामिछानेले भने, ‘भन्नलाई त मलाई पोखरा पुर्याएर चितवन लैजाने भनिएको थियो । तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ ।’