images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकियो, मिटरब्याजसम्बन्धी विधेयक ल्याउनेबारे छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । मिटरब्याजसँग सम्बन्धित विधेयकको विषयमा छलफल गर्नका लागि बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

साधारणतया मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भए पनि बिहीबारका लागि आकस्मिक रुपमा बैठक बोलाइएको उनले बताइन् । ‘मिटरब्याजसम्बन्धी कानुन बुधबारदेखि शून्यतामा गयो । अब के गर्ने भन्नेबारे छलफल र निर्णय गर्नका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ‚’ मन्त्री शर्माले भनिन् ।