images

‘द्वन्द्पीडितका समस्या सरकारले समाधान गर्छ’

जानकी (बाँके), २५ मङ्सिर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताउनुभयो । उहाँले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार हो भन्नुभयो ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्रोत केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने योजना सुनाउनुभयो । इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्तावेज सार्वजनिक भएको बताउनुभयो ।
मानव अधिकार रक्षाका लागि केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस