images
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख परशुराम खापुंगले  नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गरेका छन्।

प्रदेश प्रमुख खापुंगले सरकार निर्माणका लागि दिएको समयभित्र बिहीबार साढे ४ बजेपछि नेता थापाले प्रदेशसभाका ४७ सदस्यसहित दाबी पेस गरेका थिए। सोही आधारमा खापुंगले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

९३ सदस्य प्रदेशमा थापाले काँग्रेसको २९, नेकपा माओवादीको सभामुखसहित १३, एकीकृत समाजवादीको ४ र जसपाको १ गरि ४७ जना संख्या पुर्‍याएर सरकारको दाबी गरेका थिए।

प्रदेशमा सरकार बनाउनका लागि ४७ सिट आवश्यक थियो।  यसअघि हिक्मतकुमार कार्कीले असार १५ गते सरकारको लागि विश्वासको मत गुमाएका थिए।