images

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको शपथ

काठमाडौं, २६ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए । मन्त्रिपरिषद्को यही मंसिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मंसिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।