images
images

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेकाे छ । एमालेकाे अबराेधपछि आइतबारसम्मका लागि बैठक स्थगित भएको छ ।

आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए । अध्यक्षले समय दिएपछि बोल्दै सांसद घिमिरेले प्रधानमन्त्रीबाट गम्भीर खतरा उत्पन्न हुने काम गरेको भन्दै राजीनामा दिनुपर्ने अडान कायमै रहेको बताईन् । उनले नेपालको प्रधानमन्त्री सार्वभौंम संसदले बनाउने हो कि दिल्लीले भन्दै सरकारसँग प्रश्नसमेत गरेकी छन् ।

गत सोमबार काठमाडौंमा भएको एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाउको विवादास्पद अभिवयक्ति दिएकाे एमालेकाे आराेप छ  । जसको अहिले तिब्र आलोचना भईरहेको छ ।

एमालेले प्रधानमन्त्रकिो राजीनामा नआई सदन चल्न नदिने अडान लिएपछि बैठक अध्यक्ष तिमल्सिनाले आइतबार विहान ११ बजेर ३१ मिनेटसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।