काठमाडौं, १ पुष – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको हो ।
कर्णालीका जिसान मक्सुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा चार चौका प्रहार गरे । विलियम बोसिस्टोले २४ बलमा एक चौकासहित १६ रन जोडे । ओपनर बाबर हायातले ९ बलमा तीन चौका प्रहार गर्दै १३ रन बनाए ।
यस्तै, चान्डविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन थपे । कर्णालीका ओपनर रित गौतम, नन्दन यादव र विपिन शर्मा ‘डक’ भए ।कर्णालीलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले १७ रनमात्र खर्चिए । स्कट कुग्गेलेनले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो ।
प्लेअफमा स्थान बनाउन आज कर्णाली जित्नै पर्ने दबाबमा छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । यता, ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम भने सहज स्थितीमा छ । सुदूरपश्चिमले प्रतियोगिताको प्लेअफमा स्थान सुनिश्चित गरिसकेको छ ।
यो लिग चरणको अन्तिम खेलसमेत हो ।