images
images

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त

काठमाडौँ – सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।

उनले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिए।

सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो।