images
images

भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक स्मार्ट विधिबाट कक्षा ११ को छात्रावृत्तिछात्रवृत्ति लागु गर्दै [ सूचना सहित ]

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रावृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ५ को उपदप ३ (१) बमोजिम १५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ ।

आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । आवेदनका लागि एसईईको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीकव् हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, सहिदका सन्तति, जनआन्दोलनका घाइतेका सन्तति र मधेस आन्दोलनका घाइतेका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्ने छ ।

स्थानीय सरकार अन्तर्गत भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक स्मार्ट विधिबाट छात्रवृत्ति कार्यक्रम लागू गरेर छात्रवृत्ति दिन सुरु गरेको हो । कक्षा ११ र १२ मात्र नभई महानगरपालिकाले सिमान्तकृत, विपन्न, अगाङ्ग तथा दलित विद्यार्थीलाई उच्च शिक्षाको लागि ४ वर्षसम्म छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।