काठमाडाैँ, २ पुष – साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेर २ हजार ६३३.८७ विन्दुमा आइपुगेको छ । यो दिन दिनभरी नेप्से सूचकमा उत्तार चढाब आइरहँदा सूचक बजार बन्द हुनेबेलासम्म सामान्य अंकले बढ्न पुगेको हो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१८ कम्पनीको ८७ लाख ३९ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स कम्पनीको २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्स कम्पनी,रिभर फल्स पावर,वेस्ट फाइनान्स,डोल्टी पावर कम्पनीको शेयर मूल्य ९ करोड ५७ लाख रुपैयाँदेखि १५ करोड रुपैयाँसम्मको शेयर कारोबार भएको छ । त्यस्तै सामान्य अंकले बढेको बजारमा सर्पोट माइक्रो फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स,डोल्टी पावर कम्पनी,गुराँश लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.९८ प्रतिशतदेखि ९.९८ प्रतिशतले बढेको छ।
त्यस्तै कुथेली बुखरीको स्मेल हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने आरबीबी म्यूचुअल फण्ड, रिभरफल्स पावर, नेशनल हाइड्रो पावर, सानिमा ग्रोथ फण्डको शेयर मूल्य ३.०९ प्रतिशतदेखि ५.४८ प्रतिशतले घटेको छ ।