images
images
images

लोसपाको केन्द्रीय समितिमा आठ जना मनोनीत

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति विस्तार भएको छ।

अध्यक्ष ठाकुरले केन्द्रीय समितिमा आठ जना थप गरेका हुन्। योसँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको छ।

सिरहाका जीवछप्रसाद यादव, सप्तरीका श्याम सरदार, धनुषाका सुनिलकुमार यादव, रौतहटका रामप्रवेश दास तत्मा, सर्लाहीका जगत महरा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार लोसपाको केन्द्रीय सदस्य बनेका हुन्।

लोसपा नेपालले आफ्नो महाधिवेशन वैशाख २६ गते गर्ने तयारी गरेको छ।