काठमाडौँ । एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाले जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई छात्रवृत्ति दिने भएको हो ।
पालिकाभित्रका गाउँपालिकाको आव २०८०-८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु. १५ लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रतिवर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गराइने छ ।










