काठमाडौँ- एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्नेछन्। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो।
सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।
यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो ।
एक दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले डायल गर्नुपर्ने हुन्छ। सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने छ।
करसहितको सेवा शुल्क रू.२.४८ र एक दिने अनलिमिटेड डेटाको रू.५० गरी कुल रू.५२.४८ काटिने छ। सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्नेछन्।
अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिग खेलहरू हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा उपयोगी हुने विश्वास एनसेलले लिएको छ।
समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रूपैयाँ छ। ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले बताएको छ।