काठमाडौं, ५ पुष – शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन् ।
शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझदै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यदलको प्रतिवेदनमा भएका सुझावहरुलाई मन्त्रालयको तर्फबाट कार्यान्वयनमा लाने मन्त्री सिंहले बताए ।
उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुत्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नितिहरु बनाउँदा थप ध्यान दिने बताए ।
सरकार,निजी क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रुपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।
मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेटन् मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाई छ ।
शहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई सुधारसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो ।