images
images

पहिलो बैठक सुरु: चार दल सम्मिलित समाजवादी मोर्चाको

काठमाडौँ । चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बैठकमा सहभागी भएका छन् । साथै समाजवादी मोर्चामा आवद्ध दलका अन्य नेताहरुपनि बैठकमा सहभागी भएका छन् ।