images
images

साउदीबाट फर्किएका युवामा मंकिपक्स पुष्टि

काठमाडौं– नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ।

हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा उक्त संक्रमण पुष्टि भएको हो।

मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

उक्त परीक्षणमा मंकिपक्स नै भएको पुष्टि भएको हो। उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।