images
images

समाजवादी केन्द्रको नेतृत्व ६-६ महिना परिवर्तन गर्ने सहमति

काठमाडौँ। चार दल सम्मिलित समाजवादी केन्द्रको नेतृत्व ६/६ महिनामा परिवर्तन गर्ने सहमति भएको छ।

शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६र६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘सामान्यतया यो मोर्चाको ६-६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल)ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ उनले भने ।

शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो। बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए।