images

रवि र छविविरुद्ध आइतवार मुद्दा दर्ता, जीबीसहित १९ जनाविरुद्ध आजै दर्ता भयो पुरक अभियोजन

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचनमा संग्लन १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)लगायत १९ जनाविरुद्ध थप अभियोग दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जिबीसँगै सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायतविरुद्ध थप अभियोग जारी भएको छ।

‘पहिला मुद्दा लगाइसकिएका प्रतिवादीउपर थप अनुसन्धान भएर जे जस्तो कसुर जे जस्तो बिगो थप्नुपर्ने थियो त्यो लगेर पहिलाको सहकारी ठगीको मुद्दालाई थप अभियोग लगेर दर्ता गरेका हौँ’, काफ्लेले भनिन्।

जिबी फरारको सूचीमा रहेका छन् भने रम्तेल र गुरुङ पुर्पक्षका लागि थुनामा रहेका छन्।

सुरुमा पक्राउ पुर्जी जारी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ फरार छन्।

नाम वतन नखुलेकासहित ३७ जना प्रतिवादी फरार रहेका छन्। प्रहरीले प्रतिवादीविरुद्ध एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।